बेल्जियमको संघर्षपूर्ण जीत

बेल्जियमले समूह एफ अन्तरगतको आफ्नो पहिलो खेलमा क्यानाडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम १–० गोलअन्तरले विजयी भएको हो । खेलको ४४ औँ मिनेटमा मिची बात्सुयायीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

यसअघि क्यानाडाका अल्फोन्डो डेभिसको पेनाल्टी थियाबट कोर्टवाले रोकेका थिए । खेलमा क्यानाडाले नियन्त्रण बनाए पनि गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्यो ।