कोरियाले रोक्यो उरुग्वेलाई बराबरीमा

कतारमा भइरहेको विश्वकप फुटबलमा दक्षिण कोरियाले उरुग्वेलाई बराबरीमा रोकेको छ । गोलरहित बराबरी खेल्दै दुवैले १-१ अंक बाँडेका छन् । कुनै खेलमा गोलको वर्षा भइरहँदा कुनै खेलमा भने गोल नै हुन सकेको छैन । समूह एच अन्तर्गत एजुकेडसन सिटी स्टेडियममा भएको उरुग्वे र दक्षिण कोरियाको खेलमा पनि गोल हुन सकेन । दुवै टोलीले गोलका लागि केही अवसर पनि बनाएका थिए । तर फिनिसिङ हुन सकेन । खेलमा उरुग्वेका दुई प्रहार पोष्टमा लागेर फर्केको थियो ।

कप्तान डिएगो गोडिन र र फेडरिक भालभर्डेको प्रहारमा पोष्ट बाधक बने । दक्षिण कोरियाले पनि एक राम्रो अवसरमा गोल गर्न सकेन । ह्वाङ उही पेनाल्टी बक्सबाट फ्रि प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । जारी विश्वकपमा १४ खेल भइसक्का गोलरहित बराबरीमा सकिएको यो चौथो खेल हो ।