घानामाथि पोर्चुगलको जित

विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ ।  बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हराएको हो ।  स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेन लियोले एक–एक गोल गरे । घानाका लागि आन्द्रे लेओ र ओसमान बुकारीले एक–एक गोल गरे ।  खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  घानाका लागि खेलको ७३ औं मिनेटमा आन्द्रे अवेले बराबरी गोल फर्काए ।

खेलको ७८ औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए ।  खेलको ८० औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई ३–१ गोलको अग्रता दिलाए । ८९ औं मिनेटमा घानका लागि बुकारीले एक गोल फर्काए पनि पोर्चुगलले ३–२ गोलको जित निकाल्यो । जितसँगै पोर्चुगलले ३ अंक जोड्यो । यता घानाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।