रिचार्लिसनको दुई गोलमा ब्राजिलले सर्वियालाई हरायो

फिफा विश्वकप २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ। पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘जी’ को खेलमा सर्वियालाई २-० गोलले पराजित गरेको हो। ब्राजिलले गोल गर्न ६२ मिनेटसम्म कुर्नपरेको थियो।

६२ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ७३ मिनेटमा रिचार्लिसनले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए।