इम्बोलोको निर्णायक गोलमा स्वीटजरल्याण्ड विजयी

ब्रील इम्बोलोको एकमात्र गोलको मद्दतले स्वीटजरल्याण्डले क्यामरुनलाई समूह जीको पहिलो खेलमा हराएको छ । दोस्रो हाफको सुरुवातमा नै इम्बोलोले गरेको गोल खेलमा निर्णायक गोल बन्यो । रोचक कुरा, इम्बोलोको जन्मस्थान क्यामरुन हो ।

त्यसैले गोल गरेपछि पनि त्यसको खुसियाली माएनन् । इम्बोलो ६ वर्षको हुँदा क्यामरुनबाट स्विट्जरल्यान्ड पुगेका थिए । उनले सन् २०१४ मा त्यहाँको नागरिकता प्राप्त गरेका थिए ।