जेनिलियाको मर्मस्पर्शी अभिनयमा ‘चरि भुल्यो’

म्युजिक भिडियोमा राम्रो संभावना देखाउदै आएकी अभिनेत्री जेनिलिया श्रेष्ठको अभिनयमा राम्रो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपक लिम्बुको स्वरमा रहेको यस गीतमा कमल पौडेलको शब्द , रिमेश कुमार थापाको संगीत र बिशाल आचार्यको अरेन्जमेन्ट छ ।

पतिै पत्नीको कथा उनिएको यो भिडियोमा जेनिलिया पत्नीको भूमिकामा खुलेकी छिन् । सरल कथानकमा बनाईएको भिडियोमा जेनिलियालाई सफल बस्नेतले साथ दिएका छन् ।

संन्तोष राजबाहकले निर्देशन गरेको यो भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।अभिनय र रूपमा सधै आकर्षक देखिने जेनिलिया बौद्धिक अभिनेत्री पनि हुन् । थोरै भिडियो खेल्छिन् तर ख़ास खेल्छिन् । राम्रो अभिनेत्रीको संभावना उनीमा छ ।