श्रद्धा दियालीको स्वरमा यो माया ….

मिठो स्वरकी गायिका श्रद्धा दियालीको स्वरमा ‘ यो माया नभए के हो र ‘ बोलको गीत सार्वजनिक भएको छ । युगल स्वरमा रहेको यो गीतमा श्रद्धालाई गायक प्रतापदासले साथ दिएका छन् ।रोमान्टिक शैलीको यो गीतमा गायक गायिका दुवै खुलेका छन् । संगीत स्वर सबै उत्कृष्ठ रहेको छ । दिनेश सुवेदीको शब्द राई सन्तोषको संगीत रहेको यो गीतको भिडियो पनि निकै आकर्षक छ ।

श्रीदेव भट्टराई र गीता ढुंगानाको अभिनय निकै राम्रो देखिएको छ । भिडियोमा केशब राज भट्टको निर्देशनमा प्रकाश खड्काको सिनेमेटोग्राफ़ी रहेको छ ।