राष्ट्रिय तेक्वान्दो खेलाडी वैदेशिक प्रशिक्षणका लागि कोरिया

काठमाडौं । इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी वैदेशिक प्रशिक्षणका लागि कोरिया गएका छन् ।प्रशिक्षक संगिना वैद्यको नेतृत्वमा ५ महिला र ५ पुरुष खेलाडीले कोरियामा प्रशिक्षण लिनेछन् । खेलाडीले सोलको चुङ वो मार्सल आर्टस् इन्सिच्युटमा ३ महिना प्रशिक्षण गर्नेछन् । त्यहीँबाट उनीहरु इन्डोनेसियामा हुने एसियन गेम्समा सहभागी हुनेछन्

एसियन गेम्सका लागि महिलातर्फ ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा, ६७ केजीमुनि संगिता बस्याल  र ६७ केजीमाथि निशा रावल छिन् । पुरुषतर्फ ५८ केजी मुनि, सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि ज्ञानेन्द्र हमाल, ८० केजी मुनि भुपेन श्रेष्ठ र ८० केजीमाथि अनोज पुजारी वैदेशिक प्रशिक्षणमा गएका छन् ।

वैदेशिक प्रशिक्षणमा जाने १० खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, नेपाल तेक्वान्दो संघका उपाध्यक्षहरु हरिश्वर पोख्रेल, भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ र सचिव दीपक विष्टले खेलाडीलाई बिदाइ गरेका हुन् ।