म्युजिक भिडियो “तिम्रो त जिन्दगी” सार्वजनिक

          
गायक अनिल पहाडिको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो “तिम्रो त जिन्दगी” सार्वजनिक भएको छ । म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ  । विगतको समयमा मायालु जोडि सगँ विताएको रमाइलो पललाई गीतमा ब्यक्त गरिएको छ ।
गीतसंगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त र स्टेज कार्यक्रमहरुमा छाएका उनको गीतमा महेश  खरेलले शब्दहरू सिर्जना गरेका हुन भने संगीत संयोजन गायक पहाडि स्यमको रहेको छ  । मिलन क्षेत्री र अनु श्रेष्ठ , दिपक सुवेदीले भिडियोमा अभिनय गरेका छन ।
देवी म्युजिक प्रालीको  प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँङ्कन गरेको छ । दिपक विष्टले सम्पादन तथा काजिश श्रेष्ठले निर्देशन गरेका छन ।
       
 https://www.youtube.com/watch?v=uo3QiCSJtT8&authuser=0