कमला श्रेष्ठको ४५औँ पुण्यतिथिमा विशेष सांस्कृतिक कार्यक्रम

काठमाडौँ । ‘परदेशी दाजु आँगनीमा बस्नु हुन्न बास, ‘सहिदिन्छु कुट, बरु वचनले नमार’ यिनै लोकप्रिय गीतकी गायिका कमला श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ गायक गणेश रसिकले गायिका श्रेष्ठको स्मरण गर्दै भने, “उहाँ खानामा एकदमै सौखिन र सधैँ हाँसिरहने स्वभावकी हुनुहुन्थ्यो ।”

गायिका श्रेष्ठ र आफूले स्वदेश तथा विदेशमा थुप्रै प्रस्तुति सँगै गर्ने अवसर पाएको रसिकले बताए । सांस्कृतिक संस्थानमा गायिका श्रेष्ठको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

उक्त अवसरमा वरिष्ठ कलाकार वसुन्धरा भुसालले गायिका श्रेष्ठ र आफू बाल्यकालदेखिकै संगी भएको भन्दै आफूहरुले कलाकारिता शुरु गर्दा परिवारसँग गर्नुपरेको संघर्षको स्मरण गरे । उनले गरिबीकै कारण श्रेष्ठले अकालमा ज्यान गुमाउनु परेको बताए ।