बलिउड अभिनेत्री करिश्मा कपुर नेपालमा :मेरिगोल्ड ज्वेलर्सको शाखा उद्घाटन

बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् ।आज बिहान नेपाल आइपुगेकी उनी काठमाण्डौको दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटन गर्न आइपुगेकी हुन् ।करिश्माले रिबन काट्दै शाखा भ्रमण पनि गरिन् । उनलाई उपस्थित पाहुना र मिडियाले खुबै पछ्याएका थिए ।

करिश्माले छोटो मन्तव्य राख्दै भनिन्– उहाँहरु र मविचमा केही कुरा मिल्छ । म पनि बलिउडमा चौथो जेनेरेशनकी नायिका हुँ । अहिले मेरिगोल्डलाई पनि चौथो जेनेरेशनले हाकिरहनुभएको छ । म १५ बर्ष अगाडि नेपाल आएकी थिएँ । फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु । आई लभ नेपाल । नेपाल सगरमाथाको देश हो । मलाई निकै मनपर्छ ।’ उनलाई नेपाली २५ लाख रुपैयाँमा नेपाल ल्याइएको बुझिएको छ ।

इन्द्रचोकमा संचालनमा रहेको मेरिगोल्ड ज्वेलर्सले दरबारमार्गमा नयाँ शाखा खोलेको हो । मेरिगोल्ड ज्वेलर्सकी संचालीका ज्योत्सना श्रेष्ठले आफूहरु ग्राहकको मायाले यो स्थानमा पुगेको भन्दै सधै ग्राहकको सन्तुष्टीका लागि काम गर्न बताइन् ।उद्घाटन कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको पनि उपस्थिति रहेको थियो ।

करिश्मा पछिल्लो समय फिल्ममा सक्रिय छैनन् ।  करिश्माले अन्दाज अपना अपना, अनाडी, राजा हिन्दुस्तानी, दिल तो पागल है, हिरो नम्बर वानलगायत दर्जनौं हिट फिल्ममा अभिनय गरेकी छिन् । उनको पछिल्लो बलिउड फिल्म २०१३ मा आएको थियो । चाँडै नै उनी शाहरुख खान अभिनित फिल्म जिरोमा विशेष भूमिकामा देखिदैछिन् ।