नायिका रेखा थापाको निर्देशनमा :नन-एक्टर कमला वली

नायिका रेखा थापा दोश्रो पटक चलचित्र निर्देशनमा होमिएकी छिन् । पहिलो चलचित्र ‘हिम्मतवाली’ निर्देशनपश्चात रेखाले चलचित्रमा अभिनय गरेपनि निर्देशन भने गरेकी थिइनन् । तर, उनी केही वर्षको ग्यापपछि चलचित्र ‘मालिका’को निर्देशनमा होमिएकी हुन् ।उनले निर्देशन गर्न लागेको यो चलचित्रको सोमबारबाट छायांकन सुरु भएको छ । सोमबार बिहान पशुपति परिसरमा पूजा गर्दै उनले छायांकन बालुवाटारबाट सुरुअात गरेकी हुन् ।

छायांकनको पहिलो दिन रेखा र कलाकार नरबहादुर कार्कीले सट दिएका छन् । यो चलचित्रमा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४ वर्षिया कमला वली मुख्य भूमिकामा छन् ।रेखा फिल्मसको पाँचौ प्रस्तुति रहेको फिल्ममा रेखाले जाजरकोटकी कमला ओलीलाई प्रमुख भूमिकामा प्रस्तुत गर्दैछिन्। ओली नन-एक्टर हुन्। करिब १० दिन काठमाडौंमा सुटिङ तालिकापछि ‘मालिका’ बाँकी फिल्मको छायाँकनका लागि नेपालगन्ज तथा जाजरकोट जानेछ।

रेखाको आफ्नै कथा रहेको यो चलचित्रले व्यक्तिको सोच परिवर्तनको कथालाई उठान गर्नेछ । यो चलचित्रलाई लक्ष्मीपूजाको दिन रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ ।फिल्मलाई रेखाले नर बहादुर कार्की, तारा राणासँग मिलेर निर्माण गर्न लागेकी हुन्।यो चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा नवराज आचार्य रहेका छन्।

जाजरकोट खलंगाको शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) दिएकी कमला वली चर्चित अभिनेत्री रेखा थापा र जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले बालविवाहको विषयवस्तु समेटेर बनाउन लागेको फिल्म ‘मालिका’ की नायिका छानिएकी छन् ।

भिनयको ज्ञान छ र अनुभव नभएकी कमला मालिका फिल्मको मुख्य नायिकाको भूमिकामा छानिएकी छन् । घरपरिवार र समाजले बालविवाह गर्न दबाब दिइरहेका बेला उनले त्यसविरुद्ध प्रतिवाद गरेर बालविवाहको चपेटामा परेका बालिकाका लागि अभिनयमार्फत नमुना बनेर देखाउने नायिका रेखा थापाले बताइन् । बालविवाहविरुद्धको देशव्यापी अभियानअन्तर्गत नायिका रेखा र अभियन्ता कार्कीले निर्माण गर्न लागेको ठूलो पर्दाको फिल्मका लागि हिरोइन खोज्ने क्रममा भेरी नगरपालिका— १ कालेगाँउमा कमला भेटिएकी हुन् ।

फिल्मका लागि हिरोइन खोज्ने क्रममा जाजरकोट खलंगाबाट पूर्वको नलगाड नगरपालिका पुगेर फिल्मको टिम फर्कंदै गर्दा आफ्नै काममा व्यस्त रहेकी १५ वर्षीया कमलासँग जीवन रूपान्तरका प्रशिक्षक कार्कीको भेट भयो । मालिका चलचित्रका कार्यकारी निर्मातासमेत रहेका कार्कीको नजरमा परिन् गोरी, होचो कद, निधारमा खत अनि पातलो जिउडाल भएकी १५ वर्षीया कमला । आफूहरूले खोजेको पात्रमा हुनुपर्ने सबै गुण कमलामा देखेपछि कार्कीले कमला र उनका अभिभावकसँग कुरा गरे । प्रस्ताव आउँदा सुरुमा कमला र उनका आमाबाबु अन्कनाए पनि साथीसंगी र गाउँका अगुवाले फिल्ममा अभिनय गर्न पाउनु ठूलो अवसर हो भनेर सम्झाएपछि फिल्म खेल्न सहमत भए । धेरै फिल्म हेरेकी तर अहिलेसम्म अभिनय नगरेकी कमलालाई ठूलो पर्दाको फिल्म एकै पटक खेल्दा कस्तो होला भनेर निकै कौतुहल लागेको छ । उनी फिल्ममा अभिनय गर्नकै लागि गत बिहीबार काठमाडौं प्रस्थान गरेकी छन् । एक महिना अभिनयको तालिम लिएपछि उनको सुटिङ सुरु हुनेछ ।

सामाजिक कुरीतिका रूपमा व्याप्त बालविवाहलाई अभिनयको माध्यमबाट हटाउने अभियानमा लाग्ने कमलाले अठोट गरेकी छन् । नेपालबाट बालविवाह मुक्त गरी छोरीका लागि स्वर्णीम नेपाल बनाउने देशव्यापी अभियानमा लागेका नायिका रेखा र जीवन रूपान्तरणका प्रशिक्षक कार्कीले आम रूपमा मुलुकलाई नै बालविवाहविरुद्ध सहभागी गराउन ‘मालिका’ फिल्म निर्माण गर्न लागेको बताएका छन् । फिल्ममा ‘मालिका’ को भूमिकामा नायिका रेखा थापा हुनेछिन् भने जयाको भूमिकामा कमला देखिनेछन् । कमला सानै उमेरमा घरपरिवार र आफन्तले जबर्जस्ती गर्न लागेको विवाह नगरी भागेर काठमाडौं जान्छिन् ।

सबैतिर उनीमाथि दुव्र्यवहार हुन थालेपछि उनकी साथी बन्न आइपुग्छिन् रेखा थापा । रेखाले महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध लड्न सिकाउँदै फेरि जहाँबाट उनी विवाहको मण्डप छोडेर भागेकी हुन् त्यही गएर बालविवाहलगायतका हिंसाविरुद्ध सक्रिय हुने विषयवस्तु रहेको छ ।

नेपालका अन्य जिल्लाको तुलनामा कर्णाली प्रदेशमा बढी बालविवाहको दर भएको हुनाले जाजरकोटबाटै फिल्मको मुख्य पात्र खोजिएको नायिका रेखाले बताइन् । छोरीका निम्ति स्वर्णीम नेपाल बनाउने हाम्रो अभियानमा सारा नेपालीलाई सहभागी गराउन यो फिल्म बनाउन लागेको रेखाले बताइन् । ‘यो फिल्म निर्माणको उद्देश्य तीन करोड नेपालीको सपनासँग जोडिएको छ त्यसैले सबैको साथ पाउने छौं’, रेखाले भनिन् जाजरकोटमा उमेर नपुग्दै ६५ प्रतिशत बालबालिकाको बिहे हुने गरेको छ । बालविवाह दर उच्च रहेको जाजरकोटलगायतका कर्णालीका जिल्लाको जीवनशैली, त्यहाँवटा उत्पन्न समस्या समाधानका लागि महिलाले खेल्नुपर्ने सशक्त भूमिका र समस्याका कुरालाई फिल्मको विषयवस्तु बनाइएको चलचित्रका कार्यकारी निर्माता कार्कीले बताए