चलचित्र ‘झमक बहादुर’ को ट्रेलर रिलिज

आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दियालो इन्टरटेनमेन्ट र युबी फिल्मस् ग्यालरीको व्यानरमा चलचित्र ‘झमक बहादुर’ को ट्रेलर रिलिज गरियो । चलचित्रको शिर्ष भूमिकामा नायक अनुप विक्रम शाही छन् ।  भोमन कटुवाल निर्देशित चलचित्रमा  यादव देवकोटा , राजु कमेडी, सुजाता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्ता प्रसाद श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

१८ साउन लाइ प्रदर्शन मिति तोकिएको  यो चलचित्रलाई कल्याण अधिकारीले लेखेका हुन् । चलचित्रमा रञ्‍जित गजमेर र ओम सुनारको संगीत, अनिलकुमार महर्जनको सम्पादन, राजु किंरातको एक्सन,  राजेन भुजेलको संवाद रहेको छ। नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमडी चलचित्र   ‘झमक बहादुर’लाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । पवन गौतमले छायांकन गरेको चलचित्र लाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, , वितरक गोपाल कायस्थलगायतका अतिथिहरु थिए ।अतिथिहरुले चलचित्रलाई बधाई दिनुका साथै नेपाली चलचित्रका बारेमा आ–आफ्नधा धारणा राखेका थिए ।