कपाल मुन्डन गरेर दीपशिखा चलचित्रमा

चलचित्र ‘प्रेमलीला’ को अहिले धमाधम छायांकन भईरहेको छ ।  दीपशिखा खड्काले निर्माणमा बनिरहेको यो चलचित्रलाई जनक पाण्डेले निर्देशन गरिरहेका छन् । चलचित्रमा पवन गौतमको छायांकन रहेको छ । चलचित्रमा संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ । प्रलाद खरेल को मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

यो चलचित्र लभ स्टोरी कथामा निर्माण भैरहेको छ । चलचित्रमा दीपशिखाकै कथा रहेको छ । चलचित्रको कथा अनुसार नै हिन्दी गीत समावेश गरिएको दीपशिखाले बताएकी छिन् । ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीत वलिउड गायक राजा हसनको स्वर रहेको छ । यो गीतको केहि दिन अगाडी पोखरामा छायाँकन सकिएको छ ।

कलाकारले आफूलाई चरित्रमा फिट देखाउन विभिन्न गेटअप गर्नुपर्ने हुन्छ । जुन गेटअपले कहिलेकाहिँ  कलाकारको समेत सौन्दर्यमा प्रभाव पारिरहेको हुन्छ । यस्तै आफ्नो सौन्दर्यमा प्रभाव पार्ने खालको गेटअप अभिनेत्री दीपशीखा खड्काले  पनि गरेकी छन् । अभिनेत्री दीपशीखाले चलचित्र ‘प्रेमलिला’का लागि आफ्नो पूरै कपाल मुन्डन गरेर नयाँ  बनेकी छन् । कपाल  मुण्डन  बारे  उनले भनिन्- ‘चलचित्र अभिनयका लागि यो गेटअप बनाएको हो । यस बाहेक अन्य जानकारी दिन मिल्दैन । चाडै नै दर्शकले यो बिषयमा थाहा पाउने छन् । कथाको माग अनुसार नै कपाल मुन्डन गरे ।’

अभिनेता खानको यो डेब्यु चलचित्र हो । उनी बलिउडबाट नेपाल भित्रिएका हुन् । अभिनेता खानले  पहिलो पटक नेपाली चलचित्रमा काम गर्न पाउँदा खुसी महशुस गरेको बताए । चलचित्रको कथा अनुसार हिन्दी बोल्न सक्ने पात्रलाई न्याय दिनका लागि भारतबाट अली खानलाई झिकाएको निर्मात्री खड्काले जानकारी दिइन् ।