‘कुम्भ करण’ असारमा, महंगो रकममा बिक्यो अष्ट्रेलियामा

काठमाडौं । लामो समयदेखि विभिन्न कारणले रोकिएको चलचित्र ‘कुम्भकरण’को प्रदर्शन मिति नेपाल र अष्ट्रेलियामा फाइनल भएको छ ।असार ८ गतेबाट अष्ट्रेलिया र नेपाल एकसाथ रिलिज हुने भएको छ । पछिल्लो समय नेपाली चलचित्रको बिदेश रिलिज सहज बन्दै गएका छन् ।अष्ट्रेलिया रिलिज बिषयमा निर्माण कम्पनी आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरले हालै साम्झौता गरेका छन् । ‘कुम्भकरण’ अष्ट्रेलिया लागि मात्र १२ लाखमा बिक्री गरिएको निर्माण युनिटले जनाएको छ ।

चलचित्रमा निशा अधिकारी, गौरव पहाडी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद , अग्र्हरी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ । दीपक ओली निर्देशित चलचित्रलाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल  हुन्। लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् । चलचित्रको ‘कुटु कुटु यो मुटु खाने’ बोलको गीत चर्चामा छ ।