आस्था आर्ट्स एकेडेमीको सम्मान तथा सास्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ  । आस्था आर्ट्स एकेडेमीको आयोजना तथा पेशा अभिकर्ता संघ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स  बालाजु शाखा समितिको सह आयोजनामा राष्ट्रिय नाचघर जमलमा बिबिध सास्कृतिक कार्यक्रम, सम्मान तथा शुभकामना कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिबिध सास्कृतिक कार्यक्रम, सम्मान तथा शुभकामना कार्यक्रममा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले सभापतित्व गरेकी थिइन् । बिशेष अतिथिमा नारायण प्रशाद शर्मा रहेका थिए भने अतिथिहरुमा ज्ञान बहादुर तामाङ, शंकर प्रशाद भट्ट, किरण बहादुर बिष्ट तथा लक्ष्मन बिक्रम बस्नेत लगायतका विभिन्न समाजसेवी व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो  ।

बरिष्ट समाजसेवी तथा बिमा बिज्ञ चन्द्र खड्कालाई प्रमुख अतिथि तथा अन्य अतिथिहरुको हातबाट आस्था आर्ट्स एकेडेमीद्वारा बिसेष राष्ट्रिय सम्मान प्रदान गरेको उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रमलाई सिताराम बिष्टले संचालन गरेका थिए भने काष्टमण्डप टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।