गायक ढकालको फेरि एउटा ओजस्वी र मर्मस्पर्शी गीत सार्वजनिक

नेपाली गायनमा देखापरेका नारायणगोपाल पुस्ता पश्चातका सबैभन्दा लोकप्रिय र अब्बल गायक रामकृष्ण ढकालले फेरि एउटा निक्कै ओजस्वी र मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् ।

वाटो गल्लिको देवता म छैन मेरो सुनको गजुर
एकपल्ट मतिर पनि हेर्न के गर्नुपर्छ मैले हजुर

चमकधमक सजेको भए लाग्थ्यो होला भीड कति
कुना कतै पलाससंग बस्छु भयो मेरो अनौठो गति

मेरै नामको अर्कों मन्दिरमा चढ्यो रे सधै लाखौको फूल
देवता त जताको देवतै हो कसले बुझ्ने मन्त्र यो मूल

दुधको खोला अबिरपाथी चढ्यो रे कति त्यहि मुर्ति माथी
गल्लिको देउता हुन्छु म हेला चर्ने त्यो गाई हो मेरो साथी

गुनासो मैले पोखेको हैन मलाई नै ढोग भनेको 
भौतिक आस्थामा तिमी नलाग आशिष त मै पनि दिन सक्छु
मनबाट तिमी एकपल्ट माग मनबाट तिमी एकपल्ट माग

गीतकार मनिष वशिष्ठ

देउतालाई मानक बनाएर गज्जबको बिचार प्रस्तुत गरेका छन् गीतकार मनिष वशिष्ठले । नजिकको तिर्थ हेला भन्ने उक्तिलाई पुष्टि गर्ने गीत हो यो ।अहिलेको भौतिकबादी संसारमा रहेका देउता पुज्ने मानिसहरुलाई यो गीतले सोच मग्न बनाउने तागत राख्छ।मिठो र गीतको भाब बोक्न सक्ने संगीत गरेका छन् यो गीतमा सुशान्त गौतमले।संगीत संयोजन गरेका छन् रोमी बस्नेतले।

रोमी बस्नेत

निकेष खड्का

गीतको मर्म बुझेर कन्सेप्ट र पटकथा बनाएकी छिन् लक्ष्मी बर्देवाले।उत्तम हुमागाईले क्यामेरा चलाएका छन् । जीवन भेट्टराई ,सगुन पोखरेल, लेकी भन्डारी, क्रिस भन्डारी दीपेन्द्र शाही ,आशिष घिमिरे ,सुषमा निरौलालाई अभिनय गराएका छन् निर्देशक निकेष खड्काले । विकास धमलाले भिडियो सम्पादन गरेका छन् । यि सबैको सामुहिक मेहनतले यो गीतको अर्थपुर्ण भिडियो बनेको छ। सबै कोणबाट गीत उत्कृष्ट बनेको छ। नेपाली संगीतको भण्डारमा एउटा गर्विलो गीत थपिएको छ ।