सत्यम् शिवम् सुन्दरम् नामबाट चलचित्र बन्ने

गीतिकारितामा राम्रै नाम कमाएका चर्चित गीतकार शंकर अधिकारी घायल अव नेपाली चलचित्र जगत् मा निर्देशकका रुपमा संक्रिय रहने छाटकाट देखाउदै छन् ।हुनत बिगतमा थुप्रै चलचित्रका लेखक र गीतकारको रुपमा राम्रै जमेका शंकर आफुलाई बहुमुखी प्रतिभाका रुपमा दर्शाउदै आएको कुरा जगजाहेर नै छ ।

भर्खरै आफ्नो निर्देशनमा लबजोन नामक चलचित्र सोलु वरिपरी सुटिंग सकाएर पोस्टप्रोडक्सनमा रहेकै बेला फेरि नयॉ चलचित्र सत्यम् शिवम् सुन्दरम् घोषणा गर्न पुगेका छन् ।फागुनवाट सुटिंगमा जाने यो चलचित्रमा कला राईको लगानी रहने छ । छायॉकन विक्रम कार्की, नृत्य राजन महर्जन,संगीत बाबुल गिरी,सन्तोष प्रगाढ,राजेश श्रेष्ठ, गायन नित्याशिवा, प्रविशा अधिकारी,सम्पादन प्रेम शर्मा पौडेलको रहने टुंगो लागिसकेको छ ।

वाकी कलाकार र प्राबिधिकको टुंगो लाग्न बाकी नै रहेछको छ । देखेको कुरा सधै सत्य नहुन पनि सक्छ , त्यस्तै सपनामा देखेको कुरा बिपनामा पनि देख्न सकिन्छ भन्ने कुरोको वरिपरी कथानक घुमाएर चलचित्र बनाएको कुरा यस चलचित्रका लेखक पनि रहेको निर्देशक शंकर अघिकारी घायलले बताएका छन् ।चलचित्र बि. जी. बर्मा फिल्मस् को प्रस्तुतिमा बन्न लागेको छ