दुइ एल्बम एक कबिता संग्रह एकसाथ बिमोचन

गीतकार सुन्दर पन्त फेरि आफ्ना दुइ एल्बम र एउटा पुस्तक लिएर दर्शक श्रोता समक्ष झुल्केका छन् । उनीद्वारा लिखित तथा रचित कविता एवम् गीतहरुको संग्रह अनामिका, सार्थक र नाता गीतकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यमा संगीतकार महेश खड्का,गीतकार चुडामणी देवकोटालगायतका अन्य अतिथीहरुको उपस्थितीमा बिमोचन सम्पन्न गरिएको थियो ।समारोहमा गीतसंगीत तथा साहित्य अनुरागीहरु उपस्थित थिए ।


३९ वटा कविता समेटिएको कविता संग्रह अनामिकामा जीवनका यथार्थलाई मिठो शैलीमा प्रस्तुत गर्दै निकै भावुक बनेका छन् । पन्तका यी दुइ एल्बममा मेलिना राई,रामकृष्ण ढकाल ,कमल किरण,प्रमोद खरेल,सन्तोष रजौरे,राजेश पायल राई,शशी रावल,राज सिग्देल,धमेन्द्र सेवान र हिमाल सागरको स्वर छ भने कल्यान सिंह,विपिन आचार्य,प्रमोद पन्त,सन्तोष रजौरे ,शशी रावल, महेश खड्का र तारावीर पाण्डेको संगीत छ । एल्बमका गीत मिठो लय र भावमा आधारित रहेकाले सुन्दा आन्नदको सागरमा मज्जाले रमाउन सकिन्छ।