भारतको कर्नाटक राज्यमा आयोजित एम टिबी केरला २०१९ नामक थ्रिलिंग एडभेन्च्योर माउन्टेन बाईकिंगमा सहभागी नेपाली साईकलवाज लक्ष्मी मगरले फेरि दिलाईन नेपाललाई पदकले दोस्रो स्थान प्राप्त गर्न सफल भएकी छिन् । नेपालमा सम्पन्न साग खेलकुदमा स्वर्ण जितेर उता खेल्न पुगेकी लक्ष्मी त्यहॉ पनि भारतिय खेलाडीहरु लगायत अन्य १४ देशका सहभागीहरुलाई पछि पार्दै दोस्रो हुन सफल भईन । आफ्नो नतिजामा सन्तुष्ट रहदै उनले भनिन – ‘काठमाडौको चिसोबाट केरलाको गर्मीमा खेल्न बहुत गाह्रो तैपनि जति गर्न सके त्यसमा खुशी छु।’
साग भन्दा पनि ठुलो सहभागीतामा संपन्न यों रेसमा उपबिजेता बन्नु पनि सानो कुरो होईन । रेशमा जर्मन खेलाडी प्रथम र भारतिय खेलाडी तेस्रो भएका थिए । क्यानडा , इरान,सिंगापुर,मालिदिभ्स, बंगलादेश, मेन्मार, उज्वेकिस्थान,मलेशिया ,श्रीलंका आदि देशले सहभागिता जनाएको यो रेशमा २० जाना महिला सहभागी थिए ।
चिया बगानको बाटोमा सम्पन्न रेश ५ ल्यापको थियो । स्टेप क्लाम्प र डाउनहिल मिश्रीत रेश कोर्स बनाईएको थियो । प्रचण्ड गर्मीको बाबजुत पनि खेल उत्साह पुर्ण बनेको थियो ।नेपालबाट सहभागी हुन लक्ष्मीको साथमा अर्का साईकलबाज बुद्धि बहादुर तामांग र प्रशिक्षक प्रयास तामांग पनि केरला पुगेका थिए ।बुद्धि पनि रेसमा सहभागी थिए ।