विश्व बचाउने अव्हान गर्दै कलाकार्मी ! कर्मजिवीहरुलाई सलाम भन्दै जुर्मुराए कालाकार

संगीतकार सचिन सिंहले अति महत्वपूर्ण सन्देश बोकेको जागरण गीत सार्वजनिक गरेका छन् । ‘सलाम’ शिर्षकमा सार्वजनिक यो गीतमा अहिलेको समसामयिक विश्व परिवेश र प्रकृति गज्जबले झल्काइएको छ । प्रकृतिको अभिन्न अंग मानिस भएकाले प्रकृति बचाउने काम पनि मानवकै हो भन्ने सन्देश  गीतले व्यक्त गरेको छ ।

सामुहिक गायनमा रहेको  गीतमा सम्बन्धित गायक गायिकाको साथमा चिर-परिचित कलाकारले पनि अभिनय गरेका छन् । दीप श्रेष्ठ,मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य ,सुरेश कुमार, थुप्देन भुटिया,एड्रिन प्रधान ,योगेश्वर अमात्य,उमेश उपमा,सुमन कुमार श्रेष्ठ,अनमोल गरुंग.मेलिना राई .योन्डेन भुटिया,सुनिल मास्के,सुनिता प्रधान ,संजय प्रसाद,राजु तामांग को स्वर तथा तुलसी घिमिरे, सुनिल थापा, ललित गोले, मिथिला शर्मा,  विक्रम पराजुली, धिरेन शाक्य . नरेश भट्टराई, करुण थापा , होम नाथ न्यौपाने , निर्मल शर्मा , बृन्दा सिंह, रिचा सुव्बा, अल्का थापा , हँसना शाक्य ,थाईयाना थापा ,मदन भुजेल, अजय राई अभिनय छ ।

शब्द संगीत सचिन सिंहको रहेको यो गीतमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । विश्व पुरै बन्दाबन्दीमा रहेको कठिन घडीमा पनि यसरी गीत मार्फत सकारातम्क सन्देशमुलक गीत ल्याएर सेवामुलक काममा लागिरहेकाहरुलाई हौसला दिनु अत्यन्त उपयोगी काम हो ।विश्व कोरोनासंग लडिरहेको अवस्थामा कर्मजिवी सबैलाई हौसला प्रदान गर्दै मानवताबादी सन्देश दिन गीत अत्यास सफल छ ।