जुरेली लायन्य क्लब अफ काठमाडौ एभरेष्ट वुमन रेस्लरको अध्यक्ष निर्वाचित

नेपाली खेलकुदको क्षेत्रमा राम्रो पहिचान बनाएर कुशल रेस्लरको परिचय बनाई सकेकी अस्मिता सुनार जुरेली लायन्य क्लब अफ काठमाडौ एभरेष्ट वुमन रेस्लरकोको अध्यक्षमा कार्यसमितिबाट सर्वसम्मत रुपमा चुनिएकी छिन् । राम्रो खेलाडी, कुशल नृत्यांगना, मोडलको परिचय बोकेर आफ्नो कार्यक्षेत्रमा लागिपरिरहेकी छिन् ।

उनको मुल उद्देश्य भनेकै नेपालमा महिला रेस्लर उत्पादन र संरक्षण रहेको छ । कलाकारिता उनको दोस्रो पाटो मात्रै हो । उनी भन्छिन् – ‘अब संस्था प्रमुख भए पछि मेरो दायित्व बढेको छ। केहि बिशेष योगदान दिन्छु ।’नेपाल महिला रेस्लिङ फाउन्डेसनको संस्थापक कोषाध्यक्ष तथा  रेस्लर खेलाडी, कलाकार तथा चर्चित मोडल परिचयको साथमा अब उनमा संस्थागत जिम्न्बारी पनि थपिएको छ । सफल कार्यकालको लागि शुभकामना तथा बंधाई ।