अम्बिकाको गीतिकारिता

 

अम्बिका गुरुङ प्रवासमा रहेर गीतिकारिता रमाउँदै आएकी छिन् । दर्जनौ गीत रकेर्ड भैसकेको छन् । पुरानो पुस्ता भन्दा नयाँ पुस्ताका गायक गायिकाकी प्रिय गीतकार बनेकी छिन् । दर्जनौ प्रतिभावान स्वरकर्मीहरुले उनको गीत गाएका छन् । फरासिलो र प्रतिभालाई मलजल गर्ने रुचिका कारण उनलाई नेपाली संगीतमा नयाँ पुस्ताले रुचाएको देखिन्छ । हुन त पुरानो पुस्तासँग पनि काम प्रशस्त गरेकी छिन् । यिनका गीत रामकृष्ण ढकालदेखि नयाँ पुस्ताका अमृत क्षेत्री हुँदै कृष्ण काप्mले सम्मले गाएका छन् भने गरिमा गुरुङदेखि अन्जु पन्त हुँदै सुशिला पाठक सम्मको पुस्ताले उनका गीत गाएका छन् ।
वि.सं. २०१४ साल मंसिर ७ गते दोलखा चरिकोट फस्कुमा जन्मिएकी अम्बिका सानैदेखि साहित्य÷संगीत अनुरागी थिइन् । पिता विरबहादुर गुरुङ र माता कृष्ण कुमारी गुरुङको उचित मार्गदर्शन र शिक्षा दिक्षामा हुर्किएकी अम्बिकाले स्नातकसम्म पढेकी छिन् । लामो समयसम्म नेपालको सरकारी सेवामा कार्य गरेको मिठो अनुभव पनि उनीसँग छ । २०५१ सालमा उनका श्रीमान् बुद्धि गुरुङलाई अमेरिकी कम्पनीबाट ‘वर्क परमिट’ मा भिसा आएपछि उनी पनि नोपलको जागिर छाडेर अमेरिका पलायन भइन् । स–परिवार उतै बस्न थाल्यो गुरुङ परिवार । अम्बिकाको मन भने नेपाली डाडाकाँडा रनवनमै रह्यो तन उता पुगे पनि । यतै रहदाँ देखिनै कविता साहित्यमा रुचि थियो उनको । गीत पनि गुनगुनाउँथिन् उनी । फुटकर रचना उहिल्लै पत्रपत्रिकामा प्रकाशित पनि भएका थिए । तन अमेरिका पुगेपछि उनमा अझ साहित्यक रहर जागेर  आयो । 

उतै हुने साहित्यिक सांगीतिक जमघटले पनि उनलाई विस्तारै मोहित बनाउँदै लग्यो । सांगीतिक कार्यक्रममा जाँदाजाँदै उनलाई पनि संगीतले विस्तारै तान्न थाल्यो । फलस्वरुप २०७३ सालमा उनी गीतकारको रुपमा नेपाली संगीत क्षेत्रमा देखापरिन् । हालसम्म उनका दुई एल्बम र एउटा पुस्तक प्रकाशनमा आइसकेको छ । एल्बमको नाम भाव सागर राखेकी छिन् । पुस्तक भने २०७१ सालमै प्रकाशनमा आएको थियो ।
एउटै नामबाट दुई एल्बम प्रकाशनमा आएता पनि गीतको भावना फरक फरक छ । प्रकाश लेप्चाको संगीतमा तया भएका दुवै एल्बममा आधुनिक कवितात्मक गीतहरु समावेश छन् । रामकृष्ण ढकाल, राजेशपायल राई, रिमा गुरुङहोडा, अञ्जु पन्त, जुना प्रसाई, दिपक लिम्बु, मिलन अमात्य, राज सिग्देल, रजिना रिदम राईको स्वर उनका एल्बममा समावेश छन् । यसको अलवा उनका दर्जनौ गीतको रेकर्ड भैसकेको छ । नयाँपुस्ताका दर्जनौले उनका गीत गाएका छन् । विभिन्न नेपाली चाडपर्व र संस्कारलाई समेटेर गीतहरु बनाएकी छिन् । पर्वगत रुपमा बनेका गीतहरु पर्वकै बेला सार्वजनिक गर्र्दै पनि आएकी छिन् । उनका गीतहरु साच्चै भावकै सागरको रुपमा रहेको देखिन्छ । थुपै्र मन र भावनाहरुसमेटिएको छ । कहि आमा भई छोरालाई अर्ति दिइएको छ भने कहि एउटा जवान केटाकेटीको मनभित्र पसेर राष्ट्रभक्ति, प्रेम–प्रणय धोका, माया, अािद भाव व्यक्त गरेकी छिन् । कतै माया मागेकी छिन् भने कतै माया दिएकी छिन् । यस्ता सबै भावहरुमा उनी सफल छिन् ।
अम्बिकाका कवितामा गीति गुणहरु छन् भने गीतमा कविता गुणहरुयत्रतत्र पाइन्छ । यो उनको शैली हो । गीत÷कविता कल्पना को आकाशमा उड्ने कुरा हो ।उनी पलपलको मूल्याङकन गर्दै पिडा र प्रणयको परिणती गीत कवितामा कोर्ने गीतकार हुन् । प्रणय, प्रकृतिको भावनीकरण, जीवनबोध, मायाप्रेम, पिडात्मक अभिव्यक्ति उनका गीति तथा कवितात्मक प्रवृत्ति हुन् । यसैको सेरोफेरोमा उनी रमाईरहेकी छिन् । आप्mनो गीतमा उनी भन्छिन्,
थाहा त थिायो जीवन मृत्युको लागि हो तर पनि बचन खोजे
घाउ त छदै थियो यो मुटुभित्र तर पनि हाँस्न खोजे
डायस्पोरामा रहेर यति सृजनशील बन्नु पक्कै पनि ठूलै काम हो । अनवरत चलिरहन्छ उनको गीतिकारिता । उनी कहिल्यै थाक्दिनन्
भन्छिन्, ‘म कहिल्यै नमर्ने सम्पत्तिको जोहो गर्दैछु ।’