संगीतमै रमाएको र गहिराईमा पसेको परिवार हो भक्तराज आचार्यको परिवार । नेपाली संगीतमा यो परिवारको परिचय अब भनिरहनु पर्दैन । नेपाली गायनमा साह्रै रुचाईएको परिवार हो । दर्शकले दिनुपर्ने माया यो परिवारले भरपुर पाएको छ। निक्कै लामो र कठोर अवस्था भोगेर यों परिवार आजको यो अवस्थामा आईपुगेको छ । संगीतका अनुरागीहरुले यो परिवारलाई आफ्नो आदर्श मान्दै आएको देखिन्छ । भक्तराजको स्वर महिमा सबैले मुक्तकण्ठले गाएका छन् । उनको बेजोड गला र कलाका अधि उनका कमजोरी सबै गौण भए । आख़िर श्रोताले चाहाना पनि कला र गला नै त हो ।
गायनकला पुस्तान्तर हुदै छोराहरु सत्यराज र स्वरुपराजमा आएको देखेपछि संगीत अनुराधीहरु झन् प्रफुल्ल बने । सत्य र स्वरुपले पनि पितापथमा रहदै कठोर साधना र संघर्षले आफुलाई तिखारे । अन्तत: भाग्यले पनि साथ दियो ६० को दशकबाट उनीहरु राष्ट्रिय चर्चामा आए । गीतका सौखिनहरु र लगानीकर्ताहरुले उनीहरुको स्वरमा लगानी गर्न थाले । दाइ सत्यराजको भन्दा भाइ स्वरुपराजको स्वरलाई अझ बढिले रुचाएको देखियो । तर गायनकलामा सत्य स्वरुपभन्दा कमजोर थिएनन्। श्रोताले अलि कम रुचाए पनि प्रतिभा र गलामा तारिफ योग्य गायक चाहि हुन सत्य।
यहि कुरालाई महसुस गरेर गीत चले पनि नचले पनि आफ्नो एल्बममा दुवैलाई समावेश गर्थे गीतकार र संगीतकारहरु । तसर्थ दुवैले गायनमा अवसर चाहि समान पाएकै हुन् । भाग्यको खेला सत्यका गीत अलि कम लोकप्रिय रहे । यी दुई दाजुभाइको चर्चा नेपाली मिडिया र संगीतबृत्तमा सधै नकारात्मक भयो । सम्बन्धको बारेमा पनि उनीहरु तारिफकै भागीदार बने । दाजुभाइमा यस्तो घनिष्टता अन्त कहि कतै नदेखिएकाले पनि यो जोडी सबैको आदर्श थियो । वर्तमान समयमा भक्तराज आचार्य परिवारको चर्चा र लोकप्रियता क़ायम नै छ । सबैले सम्मान दिएका छन् । एउटै परिवारबाट यसरी गायनमा सफलता र लोकप्रियता पाएको थोरै परिवारमा यो परिवार अग्रपक्तीमै आउछ ।
कुरा र समय सधै सकारात्मक हुदैन कहिले काहि नकारात्मक पनि बन्छ । भक्तराज परिवारका सबै कुरा सकारात्मक मात्रै छैनन । उनीहरु पनि भगबान हैनन कमजोरी जो कोहिमा हुन्छन् ।स्यमं भक्तराज आफै गायनमा छदा पनि उनको आलोचना नभएको होईन । गुनासो उनको पनि सुनिन्थ्यो । घमण्डी र झगडालु स्वभाबका थिए भन्छन् समकालिनहरु । तर कुरो जे भए पनि उनको प्रतिभाले सबै जितेको थियो । हिजोआज सत्य स्वरुपमा पनि यहि प्रवृत्ति देखिन थालेको आभास हुदैछ धेरै संगीत अनुरागीहरुलाई । उनीहरुको बिचार पनि आलोचित बन्न थालेको छ । केहि क्रियाकलाप शुभचिन्तक र श्रोता मनपराउन सकेनन। नेपाली संगीतका यति राम्रा लोकप्रिय गायकहरु विबादमा नआईदिए हुन्थ्यो भन्ने चाहाना सर्वत्र छ । सिधा कुरा गर्दा गायनमै उनीहरुको ध्यान केन्द्रित रहेको हेर्न चाहानेको संख्या धेरै छ ।
प्रसंग सत्यराजबाट सुरु गरौ , सत्यराज बहुमुखी प्रतिभाका धनी पक्कै हुन् । अभिनय, गायन र संगीतमा उनी दक्ष छन् भन्ने कुरा प्रमाणित भैसक्यो । चलचित्र अभिनयमा आचार्य, हैरान साढेसातमा अभिनेताकै रुपमा देखापरे । तर दर्शकले पत्ताएनन् । चलचित्र फ्लप भए । गायनमा जत्तिको पनि जम्न सकेनन । अभिनेता बन्ने रहर त पुरा गरे सत्यराजले । तर त्यो रहर निर्माता संन्तोष सुवेदीलाई भारी भयो । साढेसातका लगानीकर्ता सन्तोषलाई लगानी गर्न उत्साउने सत्य स्वरुप नै थिए भन्ने कुरो सिनेवृत्तमा चर्चा भैरहन्छ । संन्तोष भने यों बिषयमा चुप छन् । सायद उनमा अब सिनेमाको नशा रहेन ।
सिने नगरीमा फ्लप त अरु पनि भएकै हुन्। तिनको चर्चा भएन तर सत्य स्वरुपको भने चर्चा बढ्यो । किनभने उनीहरु सिने नगरीमा आउनु अधि नै चर्चित थिए । सर्वत्र चासो उनीहरुकै थियो । अरुलाई अर्ति दिने सबालमा पनि यी दाजुभाइ माहिर मानिएका छन् । फ़िल्म किन चले किन चलेन उनीहरु दिनभरी गफ दिन सक्छन् । तर चुरोको कुरो गर्दैनन । यो ताहि पक्का हो ।
स्वरुपले एकपटक फेसबुकमा फ़िल्म बनाउन चाहानेलाई अर्ति दिदै लेखे । उनको अर्तीको निचोड थियो – ‘निर्माताले कथा पटकथा राम्रो होईन व्यवसायिक निर्देशक छानुन !’ उनको आसय थियो – ‘कथा पढकथा गतिलो छैन भने पनि व्यवसायिक निर्देशकले नाफा कमाएर दिन्छ ।’ यो अभिव्यक्ती उनलाई फिल्मको ‘फ’ पनि था छैन भन्ने बुझ्न काफ़ी छ ।
कथा पटकथा बलियो छैन भने जुनसुकै निर्देशकले झुर फ़िल्म बनाउछ । त्यसैले जुनसुकै सफल निर्देशकको पहिलो गुण त्यहि हो कि बलियो कथा छान्ने । त्यसपछि बाकी कुरा तपशिलमा आउछन् । तर स्वरुपले सामाजिक संजालमा उल्टो कुरा गरे। आफु र दाजु सहभागी बनेर बनाएको फ़िल्म साढ़े सात डुवेको पिडा पोखेका हुन् या त्यो फिल्मको निर्देशक सामटेन भुटियालाई व्यंग्य पोखेका हुन् । उनी नै जानुन तर कुरो सकारात्मक थिएन ।
साढ़े सात फ़िल्म साढे सात लाखमै युट्युभ राईट म्युजिक नेपाललाई बेचेका दुबै दाजुभाइले पछि फिल्मकै बिषयलाई लिएर म्युजिक नेपालसंग बिबाद पनि गरे । बिदेशमा प्रदर्शन गर्नै बाक़ी भएको अवस्थामा म्युजिक नेपालले युट्युभमा फ़िल्म हालीदिएर डुवाएको आरोप लगाउदै दुवै दाजुभाइ विबादमा उत्रिए । म्युजिक नेपाल कसैसंग सम्झौता नगरि काम नै गर्दैन । साढेसात टिमसंग पनि म्युजिक नेपालले रिलिज भएको ६ महिना पछि युट्युभमा राख्ने सम्झौता थियो । तर म्युजिक नेपालले नौ महिना पछि मात्रै फ़िल्म युट्युभमा राख्यो । त्यतिखेर दुवै दाजुभाइ बिदेशमा थिए । नेपालमा जस्तै विदेशमा पनि फिल्मले राम्रो व्यापार गरेन । युट्युभमा हालिदिएको कारणले बिदेश व्यापार चौपट्ट भयो भन्ने कुरो झिकेर विबाद बढ्दै गयो ।
म्युजिक नेपाल करार भन्दा पर नगएको अवस्थामा यो बिबाद गर्नु उपयुक्त थिएन । फ़िल्म नचलेको झोक दुवै दाजुभाइले यहॉ पनि पोखे । डबल करारको कुरो पनि जोडतोडले मिडियामा उठाए । गायनको शिखरमा पुगेका देश बिदेश डुलेका सत्य स्वरुपले यस्तो बिबादमा ओर्लिनु राम्रो होइन । आफ्नै लेटर प्याडमा युट्युभ प्रयोजनका लागि नो अब्जेक्सन लेटर दिएका थिए । पछि त्यसैलाई डबल सम्झौता भनेर विवाद गरे । यो गरिमा पुर्ण काम पक्कै होईन । मन नपरेमा लिनु दिनु मिलाएर सम्झौता रद्द गर्न सकिन्थ्यो तर त्यतापट्टी नलागेर चलचित्र फ्लप भएको टेन्सन यसरी छताछुल्ल पार्ने कामलाई कसरी राम्रो मान्ने खै !
त्यसमाथी म्युजिक नेपालले १५ मिनेटको मात्रै क्लिप्स राखेको थियो । यस्लाई पनि बिबादको विषय बनाईयो । आफ्नो समान कसैलाई बेचीसकेपछि जेसुकै गरोस बेच्नेलाई चासो नहुनु पर्ने ! हामीले १५ मिनेट मात्रै हाल्न बेचेकै होईन भन्ने कुरो सत्य स्वरुपले गरेको सुनियो । यस्ता व्यर्थका विवादमा अल्झिनु भनेको आफ्नै करियर र समय बर्बाद हो भन्ने कुरा उनीहरुलाई बुझाई रहनु पर्ला र ?
सत्य स्वरुप र म्युजिक नेपालको विबाद बढ्दै पछि आफ्नै पिता गायक भक्तराजलाई पनि उनीहरुले विवादित बनाए । चुपचाप छोराहरुको प्रगतिमा रमाएर घरमै बसेका पितालाई पनि यसरी विवादमा ल्याउनु पक्कै राम्रो होईन । बि.सं २०४३ साल असार २३ गते सोमबार विधिवत् रुपमा म्युजिक नेपाललाई आफ्ना गीतहरु एल्बम बनाएर निकाल्न सम्झौता गरेर दिएका भक्तराजले पटक पटक एल्बम बिक्रीबाट आएको रकम बुझेको पनि देखिन्छ । (हेर्नुस सम्झौता पत्र र रक़म बुझेको भर्पाई)
आफु बिरामी परेपछि श्रीमती सुशिला आचार्यमार्फत पनि रक़म बुझेको देखिन्छ अभिलेखबाट । सम्झौता अनुसार सबै कुरा रित पुर्वक चलेकै थियो । कहिल्यै लफडा थिएन । पछि २०६३ सालमा फेरि नयॉ सम्झौता गरेको देखिन्छ । पहिले प्रति क्यासेट डेढ रुपैयामा सम्झौता गरिएको थियो भने पछिल्लो पटक १५% मा गरिएको देखिन्छ । समयानुसार रक़म हेरफेर गरिएको पनि छ । यि कुनै पनि सम्झौता आजसम्म खारेज गरिएको छैन । चित्त नबुझेको हकमा तिन महिना अग्रिम जानकारी दिएर सम्झौता रद्द गर्न सकिने प्रावधान पनि सम्झौतामा छ ।आफुले काम गरेको कम्पनीसंग समस्या थियो त किन आजसम्म सम्झौता रद्द नगरि बसेको !विश्वास र कारोवार राम्रो नभए सम्झौता भंग गर्न डराउनु पर्ने त्यस्तो के थियो ? सम्झौता कायम नै राखेर यसरी बाहिर कराउदै हिड्नु यति राम्रा कलाकारलाई सुहाउदैन । संगीत क्षेत्रमा यसले भ्रम मात्र छर्ने काम गर्छ । अन्तत: यस्ता भर्मले संगीत क्षेत्रकै हित गर्दैन । आफ्ना व्यक्तिगत समस्यालाई सडकमा छरप्रष्ट पारेर यो क्षेत्रको गरिमा गिराउने काम कसैलाई पनि सुहाउदैन ।
सत्य स्वरुपको अन्तरवार्ताहरु युट्युभमा छन् । सबै अन्तरवार्ता आरामले हेरियो । कतिपय कुरा ग़लत जानकारी उनीहरुले दिएका छन् । समग्र संगीतको समस्या उठान गर्ने सवालमा उनीहरुले आफ्नो व्यक्तिगत मनोगत कुराहरु बढि उठाएको देखिन्छ । साना साना समस्यालाई पनि ठुलो बनाएर कुरा उठान गरिएको छ । बिस्तारै सत्य स्वरुप म्युजिक नेपालसंग अलि बढि समस्या देखाउदै छन् । गायक भक्तराज स्यमले सम्झौता गरेर दिएको गीत र त्यहि सम्झौता पुन नवीकरण भएको , आफै स्यमले पैसा बुझिरहेको अवस्थामा पनि यतिका वर्ष बितेपछि असन्तुष्ट बन्नु सोभनिय पक्कै होईन । चित्त नबुझेको दिन जानकारी गराएर सम्झौता रद्द गर्न सकिने प्रवधान भएपछि यों सम्झौता कसरी ग़लत हुन्छ? गायक भक्तराज सम्झौता गर्ने समयमा केटाकेटी पक्कै थिएनन ! नबिकरण गर्ने बेलामा सत्य स्वरुप पनि केटाकेटी थिएनन । कसरी झुक्काएर सम्झौता गरियो भनेर पत्ताउने ? दर्जनौ पटक रक़म बुझेको देखिन्छ । त्यसमाथी सत्य स्वरुपले नै आफ्नो परिचय पत्र राखेर पैसा बुझेको भरपाई अभिलेखमा देखिन्छ ।(हेर्नुस रक़म बुझेको भर्पाई)
तमसुक , सम्झौतापत्र, करारपत्र जे भने पनि त्यसको अर्थ एउटै हो । ढाँचा एउटै हो । केवल समयले नयॉ शब्द बनाउदै लगेको मात्र हो । भोली गएर यि शब्दको ठाउमा अरु नै भनिन थालिएला तर अर्थ त उहि हो । तमसुक भन्दैमा पहाड़ नै खस्ने सम्झौता भन्दैमा सहि हुने होईन । यसको अर्थ एउटै हो भन्ने बुझ्नु पर्यो पहिले। सर्जकले आफ्नो सिर्जना जसरी पनि अरुलाई दिन सक्छ । सधैभरिकालागि पनि बेच्न सक्छ । थोरै अवधिका लागि पनि बेच्न सक्छ । त्यो उसको निजी इच्छामा भर पर्ने कुरा भए । गायक भक्तराजको सबालमा उहॉले रोयल्टी बुझ्नेगरी लामो अवधिको सम्झौता गरेको देखिन्छ ।
कम्पनीलाई गीत बेच्न दिएपछि उसले बेचेन भने पो आपत्ति मान्नुपर्यो । आफै बजार खोजेर बेच्दा त कम्पनीलाई स्यावास पो दिनुपर्छ । बढि भन्दा बढि ठाउमा बेच पो भन्नु पर्छ । यहॉ त बेचेको मैं पो आप्पती आयो । म्युजिक नेपालले आफैबजार खोजेर भक्तराजको गीतहरु ७४ ठाउमा बेच्न राखेको देखिन्छ । ३० ठाउमा गीत बिक्री भएको छ । अन्य ठाउमा गीत राखिए पनि बिक्री भएको देखिदैन । कम्पनीले हिसाव हिनामिना गरेको देखियो भने , समयमा दिनु पर्ने रकम दिएन भने अनि अनावश्यक झमेला दियो भने बिरोध गर्न र सम्झौता भंग गर्न आरामले पाईन्छ । यहॉ त त्यसो नगरी मनोगत कुराहरु सडकमा पोख्ने काम मात्र भयो । अन्तत: यसले घाटा स्यम भक्तराज परिवार र संगीत क्षेत्रलाई नै हुन्छ । म्युजिक नेपाल त व्यवसायिक कम्पनि हो कुरो मिले काम गर्ला नमिले नगर्ला । त्यो आफ्नो ठाउमा छ।डाटा स्पस्ट र पारदर्शी छ भन्ने कुरा यि कागजातले प्रमाणित गर्छन् ।
सत्य स्वरुपको १०० भन्दा बढि पोर्टलमा किन बेच्यो भन्ने कुरा नै पुष्टी गर्न सकिएन । म्युजिक नेपालले ७४ ठाउमा गीत बेचेको देखिन्छ । यदि लुकाएर बढि ठाउमा बेचेर कारोवार गरेको प्रमाण छ भने उनीहरुले म्युजिक नेपाल बिरुद्ध कानुनीबाटो समाए राम्रो हुन्छ । तर तथ्य हिन र मनोगत कुरा गरेर संगीत क्षेत्रको खिलापमा बोल्ने छुट कसैलाई छैन । नेपालको प्रतिलिपी कानुनले गीतको हकदार चारजानालाई बनाएको छ । चारैजानाको सहमतीमा कारोवार गर्नु पर्ने जस्तो देखिन्छ तर यों व्यवहारिक छैन । एक त गीतका अंशियार ४ जाना कानुनले माने पनि मुल रुपमा लगानीकर्ता नै हो । जस्ले गर्नु पर्ने सबै खर्च गरेको हुन्छ । उसकै इच्क्षामा सबै चलेको छ । यसमा प्राय कसैको बिमती पनि आउदैन । यों नेपालको अभ्यास हो । तर रिस उठेपछि यसैलाई तगारो बनाएर कुरो गर्नु बदमासी हो । यों बदमासी भक्तराज परिवारलाई सुहाउदैन । यो प्रतिलिपि कानुनमा रहेको कमजोरीमा खेल्ने दाउ मात्रै हो ।
पारिश्रमिक बुझेपछि आर्थीक अधिकारको कुरो गर्न सुहाउदैन । स्वरुपराजले भने जस्तो रोयल्टी नलिने कागज म्युजिक नेपालले कसैलाई गराएको भेटिएन । बरु कलाकारको रोयल्टी संकलन समाजलाई बुझाएको कागज भेटियो । हरेक कुरालाई आफ्नो हितमा मात्र बिवेचना गर्न सत्य स्वरुपलाई सुहाउदैन । बरु उदार मनले हामीले पारिश्रमिक पाईसक्यौ रोयल्टी अधिकार जस्ले लगानी गर्छ त्यसैलाई दिन्छौ भन्न सक्नु पर्यो । रेडियो नेपालको सम्पतिको कुरोमा पनि सत्यस्वरुपले अत्यन्त जोडबल गरेर आबाज उठाएको सुनियो । स्वागत योग्य कुरा हो । भनिन्छ सुरुवात आफैबाट गर्नु राम्रो । पिता भक्तराजको कतिपय गीत रेडियो नेपालकै लगानीमा रेकर्ड भएका थिए । त्यो रेडियो कै संम्पति हो भन्ने कुरामा बिबाद नहोला । ति गीतहरु रेडियोबाट लगेर भक्तराज आफैले म्युजिक नेपाललाई दिएको कुरामा पनि बिबाद नहोला । अब त्यो गीतले आजसम्म गरेको कमाई र गीत रेडियोलाई फिर्ता गर्न सत्य स्वरुप तयार हुने कि नहुने ? हैन भने कुरो मात्र नगरौ । बाक़ी कुरोको झिनोफानो कुनै दिन समयले गर्ला ।
व्यापार गर्न कानुनी रुपमा करार गरिसकेपछि करार अवधिसम्म त्यो गीतको सर्वाधिकार कंम्पनीमा रहने कुरा बिश्वव्यापी मान्यता हो । यसमा पनि सत्यराज स्वरुपराजको आप्पति देखियो ।अब सर्वाधिकार नलिईकन कसरी व्यापार गर्ने ! सत्यस्वरुरपले बुझाऊदिनु पर्यो । कानुनी प्राबधानलाई आफ्नो स्वार्थमा व्याख्या गर्न पाईदैन ।
नेपाली संगीतमा राम्रो स्थान बनाएको भक्तराज परिवारप्रति सबै नेपालीले गर्व गर्न सकिने अवस्था राख्ने काम सत्य स्वरुपको हातमा छ । संगीतका शुभचिन्तक सधै यो परिवारको उन्नति प्रगति नै चाहान्छन् । आफ्नो मुलकर्म ओझेलमा पारेर यसरी आन्दोलित हुनुपर्ने देखिदैन । विषय ठुलो पनि होईन कानुनले सबै सल्टी सकेको अवस्था छ । सबै आफ्नो आफ्नो ठाउमा बसेर काम गर्ने हो भने कुनै समस्या नै छैन ।रह्यो कमाईको कुरो संगीत व्यापार मध्यम स्तरमै छ । करोडौ अरवौ पुगेको अवस्था छैन । मिलेर राम्रो राम्रो सृजना आउदै गएमा एकदिन अवस्य उचाईमा पुग्ला । तर यसरी विवादमा अल्झिन थाले भएको पनि हराउछ । गायनको शिर्षस्थानमा पुगिसकेका सत्य स्वरुपले यों कुरा बुझ्न अनावश्यक छ । उनीहरुको गलाबाट धेरै राम्रा गीत सुन्न चाहान्छन् श्रोताहरु । अनावश्यक कुरा हुनेर श्रोता र शुभचिन्तक हैरान छन् ।
गायक दादुभाइले पटक पटक अन्तरवार्ताहरुमा आफ्ना विरुद्ध बोल्दा पनि म्युजिक नेपाल मौन छ । सांगीतिक क्षेत्रमा ठुलै हल्ला खल्ला भएपछि तथ्य के हो त भनेर खोजी पस्दा यस्ता कुरा हामीले भेट्यौ । जे हो त्यहि लेख्यौ ! यस्लाई कसरी लिने बुझ्ने संगीत अनुरीगीकै हातमा ।