समूह जीमा रहेको बेल्जियमले पानामामाथि ३–० गोल अन्तरको जित निकालेको हो । रोमेलु लुकाकुको दुई गोलको मदतमा बेल्जियमले विश्वकपको डेब्यू टिम पानामामाथि सहज जित हात पारेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको बेल्जियमले दोस्रो हाफको सुरुमा नै अग्रता लियो । नवप्रवेशी पनामाविरुद्ध गोलको खाता भने डिरेस मेर्टेन्सले खेलको ४७ औँ मिनेटमा खोलेका थिए ।युरोपेली क्षेत्रबाट डार्क हर्सकारुपमा हेरिएको बेल्जियमले डिफेन्सदेखि अग्रपंक्तिसम्ममा सन्तुलित प्रदर्शन गर्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि बेल्जियमले पनामाविरुद्ध ३–० को सहज जित निकाल्यो । खेलमा पानामाले बराबरी गोल गर्ने अवसर पनि पाएको थियो तर, थिबोउट कार्टियसले असफल पारे । लुकाकुले जित सुनिश्चित गरे । ६९ औं मिनेटमा केभिड डि ब्रुयेनको पासमा हेड गोल गरेका उनले ७५ औं मिनेटमा दोस्रो गर्दै बेल्जियमलाई सुखद सुरुवात दिलाएका छन् ।विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बेल्जियमले प्रभावशाली सुरुवात गरेको छ ।