नेपाली गीतिकारिता र चलचित्रकारितामा यादव खरेलको काम र योगदान आफ्नो ठाउमा छ तर नाम स्वर्णाक्षरले लेखिसकिएको छ । संगीत र चलचित्र क्षेत्रका सबैले तारिफ गरेको नाम हो यादव खरेल । जिन्दगी भर जे गरे पनि जसो गरे पनि उनको तारिफ नै भएको छ । गीत लेखे पनि तारिफ चलचित्र बनाए पनि तारिफ ! गीत र चलचित्र हिट फ्लपसंग कुनै सरोकार छैन समीक्षक र पत्रकार उनको तारिफको लागि तयार । ‘यादव दाइको हो नि त ! अरु किन सोच्नु !’ यहि मानसिकताले आजसम्म काम हुदै आयो । यादव खरेलको वाणी सधै सदर नेपाली मिडियामा । हुदाहुदा यस्तो सम्म देखियो सरकार पनि यादव खरेलकै कुरामा हा मा हा मिलाउने । दायाँ बायॉ केहि नसोच्ने । पंचायतकालदेखि नै सधै सत्ताले रुचाएको मान्छेको परिचय उनीसंग छ ।
चलचित्र संस्थान गठन गरियो उनी नै पहिलो अध्यक्ष , सरकारले चलचित्र प्रविधी पढ्न र सिक्न सर्वप्रथम उनैलाई पठाउने , सरकारी नियोग र आयोगमा उनैले मौका पाउने , पंचायत गएपछि पनि उनकै रामराज्य , चलचित्र विकास बोर्डमा पनि उनी नै प्रथम अध्यक्ष , आयोग बने पनि उनी नै प्रमुख , गणतन्त्र आयो उनकै हालीमुहाली ! सबै तिर यादव नै यादव ! यस्तो मौक़ा आजसम्म कसैले पाएको छैन । संगीत चलचित्रका नेतृत्वदायी सबै संघसंस्थामा कहि न कहि उनी जोडिएका नै छन् , विशेष गरि संस्थापक भएर । यसरी हेर्दा खरेलले निकै ठुलो योगदान दिए जस्तो देखिन्छ । आजसम्म कसैले उनको नकारात्मक टिप्पणी गरेको देखिदैन । संघ संस्थामा उनी पछि नेतृत्वमा आउनेले पनि नकारात्मक टिप्पणी नगरिदिंएकाले उनको सधै तारिफ नै भयो ।
गीतिकारितामा २० कै दशक र चलचित्रकारितामा ४० को दशकमा देखापरेका खरेल सधै चर्चाकै पात्र बने । गीतिरचना, चलचित्र निर्देशन , लेखन , निर्माण, र अभिनय गरेर उनको काम २७ वटा चलचित्रमा जोडिएको छ । केहि थान गीत र कविताका पुस्तक पनि उनका प्रकाशित छन् । उनका सिर्जनाहरु हेर्ने , पढ्ने, सुन्ने र बुझ्ने मौका यो पक्तिकारले पनि राम्ररी पाएको छ । उनका कृति अध्ययन गर्दा उनी गीतिकारितामा अब्बल, अभिनयमा सामान्य , चलचित्र निमार्णमा असफल , निर्देशनमा सामान्य , चलचित्र लेखनमा सामान्य लाग्दछन् । त्यसैले उनी बहुआयामिक हुदाहुदै पनि मुलत उनी गीतकार नै हुन् ।
यादब खरेलको चर्चा परिचर्चा सधै नै हुन्छ । अहिले पनि उनी चर्चाकै केन्द्रमा छन् । संगीत क्षेत्रमा संचेतना बढाउने भनेर सुरु गरिएको अभियानमा पनि खरेल नै अग्रपक्तिमा छन् । कुनै समय म्युजिक नेपालकै प्रवक्ता भन्थे अहिलेका जागरुक अभियन्ताहरु ।अभियन्ताहरुले एकाएक म्युजिक नेपाल विरोधी बनाएर खडा गरिदिए पछि खरेल फेरि चर्चामा आएका छन् । अभियन्ताहरु भन्छन् – ‘हामीले यादव दाइलाई म्युजिक नेपाल क्याप्पबाट थुतेर ल्यायौ।’ हुन पनि हो निकै लामो समयसम्म म्युजिक नेपालको तारिफमै रमाउदै आएका खरेल हिजोआज बिभिन्न पत्रिका , अनलाईन र युट्युभ च्यानलमा म्युजिक नेपालको विरुद्धमा बोलिरहेका भेटिन्छन् । ‘म्युजिक नेपालले करोडौ ठग्यो । मलाई वरवाद गरिरहेको रहेछ , हाम्रा आशुले संन्तोष शर्मालाई पोल्छ’ भन्दै हिडेको देखिन्छ ।
हिजोआज उनका कुरा सुन्दा धरै छक्क परेका छन् । हैन, यादव दाइ के भन्छन् ? भन्ने सबाल उठ्न थालेपछि हामीले पनि उनको कुरामा चासो लिएर हेर्न थाल्यौ । उनका अन्तरवार्ताहरु खोजी खोजी हेर्न थाल्यौ । मिडियामा बिभिन्न ठाउमा डेलिकेशन गएको समाचार पनि पढियो । कहिले प्रशासनको हाकिम, सचिव त कहिले मन्त्री प्रधानमन्त्री कहॉ पुगेको र गाला चिल्लो पारेर फ़ोटो खिचेको पनि देख्यौ । यि सब दृश्यले के बताई रहेको थियो भने खरेल लगायत संगीतका सबै सर्जकलाई म्युजिक नेपालले निकै ठुलो बदमासी गरिरहेको रहेछ ।
वास्तविक कुरो के हो भन्ने कौतुहल उठेपछि यादब खरेल बारे गहन अध्ययनमा जुट्ने जमर्को गरियो । उनले मिडियामा बोलेका कुरा कति सहि कति ग़लत भन्ने कोणबाट अध्ययन गरियो । उनका बोलीलाई प्रमाणित गर्ने आधार खोजियो । तर जे पाईयो ति सब खरेल विरुद्ध मात्रै पाईयो । सारा दुनिया र सरकारले पनि पत्ताएका खरेलको कुरा कहि कतै मेल खाएन । युक्ति संगत लागेन । सबै तथ्यहरु उनका कुरा विपरीत थिए । हामी आफै छक्क परिरहेका थियौ । यस्तो फरक तथ्य भेटियो भनेर । कल्पना भन्दा वाहिरको कुरा भैरहेको देखियो ।
संभवतः यो आलेख यादब खरेल विरुद्ध लेखिएको पहिलो नकारात्मक टिप्पणी हुनेछ । हामीलाई पनि मन थिएन यसरी सबैले मानेको गुनेको व्यक्तिमाथी आलोचना गर्न । तर के गर्नु तथ्य र प्रमाणित कुरा जनमानसमा ल्याउनु नै हाम्रो कर्तव्य भएकाले यों खोजमुलक आलेख तयार गरियो ।
पत्रकार डब्बु क्षेत्रीलाई निकै लामो अन्तरवार्ता दिदै खरेलले धेरै गुनासो गरेका छन् । पुरै गुनासो म्युजिक नेपालप्रति छ । असाध्यै सिधा सरलपन देखाउदै आफु ठगिएको गुनासो गरेका छन् । पुरै अन्तरवार्ता हेर्दा यो पक्तिकार छक्क पर्यो । साच्चै उनले नजानेका हुन् या अभिनयात्मक अन्तरवार्ता दिइरहेका छन् ? यति लामो इतिहास बोकेका सर्जकले केहि पनि बुझेको छैन भनेर कसरी पत्ताउने ? कपिराईटकै क्षेत्रमा काम गरेर रोयल्टीकै व्यवस्थापन गर्ने संस्थाका अध्यक्ष भैसकेका खरेलले व्यवसाय गर्ने कम्पनीलाई निश्चित अवधिसम्मका लागि सर्वाधिकार नदिइ बिक्री वितरण गर्न मिल्दैन भन्ने कुरा पनि नबुझेका होलान र ?
खरेल कानुनका विद्यार्थी पनि हुन् । कानुन नै पढेको ब्यक्तिले अहिले आएर मलांई गलत सम्झौता गराए छ भन्न सुहाउला त ? म्युजिक नेपालले खरेलसंग आधा दर्जन एल्बमहरु सम्झौता गरेर लिएको देखिन्छ । सबै सम्झौताका कुराहरु एकै प्रकारका छन् । सम्झौतामा अबधिको कुरा र रद्द गर्न सकिने कुरा पनि छन् । प्रचलित कानुन भन्दा बाहिर गएर सम्झौता भएको देखिदैन । चित्त नबुझेको दिन अग्रिम सुचना दिएर सम्झौता भंग गर्न सकिने अवस्था छ । यस तर्फ बिचार नै नगरी आफुलाई झुक्कायो ठग्यो भन्ने अमुर्त अप्रमाणित कुरा गर्न उनलाई सुहाउने देखिएन ।
छक्काएको ठगेको कुरा सार्वजनिक रुपमा पुष्टी हुनेगरि देखाएर बोल्नु पर्छ । ‘म सर्वमान्य मेरा कुरा सबैले पत्ताई हाल्छन्’ भन्ने सोच राखेर खरेलले बोल्न सुहाउदैन । साच्चै ठगिएको भए कानुनी उपाए पनि थिए । यसरी कानुनी बाटोतर्फ नलागी केवल म्युजिक नेपालले म लगायत अरुलाई पनि डुवायो भन्दै हिड्नुको पछाडी उनी कुन मिसनबाट परिचालित छन् भन्ने शंका उत्पन्न गराएको छ ।
पत्रकार डब्बु क्षेत्रीसंगको अन्तरवार्तामा खरेलले आजसम्म आफुले जम्मा सात हजार मात्रै रोयल्टी पाएको कुरा हास्दै बताएका छन् । २०४६ सालदेखि आजसम्म कुल सात हज़ार मात्रै रोयल्टी पाएको सुन्दा जो कोहि पनि जिल्ल पर्छ । भित्री कुरा कसैलाई पत्तो पनि नहुने , त्यसमाथी नाम कमाएका सर्जकले बोलेपछि सबैलै सहि ठानीदिने अवस्थालाई समातेर खरेलले बोलेको ठम्याई हाम्रो छ । खरेलले सात हजारभन्दाबढि रोयल्टी बुझेको प्रमाण हामीलाई प्राप्त भएको छ । ह्रेर्नुस उनले पैसा बुझेर गरिदिएको भरपाई-
यों त एउटा नमुना मात्रै हो यस्तो भरपाई त हामीसंग एक दर्जनभन्दा बढि छन् । सारा मनोरन्जन उद्योगले मानेको पत्ताएको यति ठुलो व्यक्तित्वले यस्तो झुट किन बोलेको ? प्रश्न गम्भिर छ। आफुले यति पाएको यति बाक़ी छ भन्ने तथ्यांक सहि बिबरण दिन भन्न खरेललाई किन आप्पति? उनी पढेलेखेका र बौद्धिक व्यक्तित्वमा गनिन्छन् ।यस्ता व्यक्तित्वले त आफ्नो आजसम्मको कारोवार यस्तो छ , यस्तो हुनुपर्ने! यसरी मलाई ठगेको रहेछ भनेर सप्रमाण भन्न सक्नुपर्छ । तर यहॉ त्यसो भनिएको अवस्था देखिएन । म्युजिक नेपालसंग के कुरा उनको मिलेन अनि त्यसको बिरुद्धमा बोलेको जस्तो देखियो । हाम्रो खोजबिनमा त यादव खरेलको आजसम्मको सबै कारोवार र हिसाब भेट्टाएका छौ । हेर्नुस उनको अन्तिम हिसाव जस्ताको तस्तै-
उनका गीत कहॉ कहॉ पुगे र के कति कारोंवार भएको रहेछ यसरी आरामले हेर्न सकिन्छ । जो कोहिले हेरेन सक्छन् । अनि कहॉबाट आयो मेरो हिसाव लुकायो देखाएन दिएन भन्ने कुरा ! यि सबै कुराले के पुष्टी गर्छ भने खरेल कि त भ्रमित छन् या झुट बोलिरहेछन् । यादब खरेलले गर्वका साथ संगीत रोयल्टी संकलन समाजको आफु संस्थापक अध्यक्ष भन्ने अवसर पाएका छन् । यसको पछाडी पनि कतै न कतै म्युजिक नेपालकै नाम पृष्ठभुमीमा आउछ । उनको कार्यकालमा जति पनि अन्तराष्ट्रीय सम्बन्घन र सम्झौता भए , जति रोयल्टी उठ्यो ति सबैको कारण तत्व म्युजिक नेपाल नै थियो । म्युजिक नेपालका संस्थापक संन्तोष शर्माले देखाएको बाटोमै हिडेर ति सब काम भएका थिए । खोलो तरेपछि लौरो बिर्सने काम कति जाहेज? यदि यों सब काममा संन्तोष शर्माको सहयोग नरहेको भए आज यसरी खरेलले फुर्ती गर्न सक्ने ठाउ कहॉ रहन्थ्यो ?
रोयल्टी संकलन समाज गठन पश्चात कसैले रोयल्टी नदिई रहेको अवस्थामा पहिलो पटक रोयल्टी बुझाउने पहिलो कम्पनी म्युजिक नेपाल नै थियो । यादब खरेलको हातमा म्युजिक नेपालले आर्जन गरेको कमाईबाट बुझाएको थियो । त्यहि नै पैसा यादब खरेलले गीतकार संगीतकारहरुलाई बितरण गरेका थिए । उनले आफ्ने कार्यकालमा म्युजिक नेपाल बाहेक अन्य कुनै पनि कम्पनीबाट रोयल्टी उठाउन सकेनन । म्युजिक नेपालले पनि रोयल्टी नदिन सक्थ्यो । यस सम्बन्धमा संन्तोष शर्मा भन्छन् – ‘थिती बसाल्नु पर्ने अवस्था थियो ।कसैले पनि रोयल्टी दिन नमानिरहेको अवस्थामा हामी अग्रसर भयौ ।’
खरेल कहि सम्झौता नै छैन भन्छन् कतै ५ वर्षको मात्र छ भन्छन् ! आफ्नै कुरामा पनि किन यस्तो अलमल ! प्रविधी नै बुझिन भन्ने कुरा पनि खरेललाई सुहाउदैनन । रोयल्टी कसरी आउछ कति आउछ भन्ने कुरा खरेललाई बुझाईरहनु पर्ला र ! करोडौ आउछ भन्ने अनि कहॉबाट कसरी भन्नु पर्दैन ? दुनियालाई भ्रम पर्ने गरि बोल्न उनलाई सुहाउदैन । नेपालमा आजको मितिसम्म कुनै पनि गीतमा करोड आएको छैन । र आउने बजार पनि हाम्रो छैन । आजको सत्य यहि हो ।
यादव खरेलका कुरा र तर्क सुन्दा उनी कसैबाट बोकिएका उचालिएका प्रष्ट देखिन्छन् । उनैले पनि विभिन्न अन्तरवर्तामा भनेका छन् ‘सत्य स्वरुप र लक्ष्मण शेषको अध्ययन अनुसंन्धानले म झस्कीए ।’यसरी अरुको अध्ययन र अनुसन्धान जुन पुष्टी भएकै छैन त्यसको आधारमा खरेलले यसरी बोल्नु भनेको आफैलाई आलोकाचो बनाउनु बाहेक केहि होईन । यादब खरेल जस्तो व्यक्तित्वले प्रमाणित र पुष्टी भएको कुरा मात्रै बोल्नु पर्छ भन्ने मान्यता हाम्रो ।