नेपाली गीतिकारिता संक्रिय रहदै आएका गीतकार हुन् डा. आशबहादुर तामाङ्ग । निकै लामो समयदेखि गीतिकारिता गर्दै आएता पनि उनी नेपथ्यमै रहन रुचाउछन् । सुटुक्क गीत लेख्ने , रेकर्ड गराउने अनि हल्लाखल्ला नगरि सुटुक्क मिडियामा बजाउन दिने उनको स्वभावले कतिपयले उनलाई झट्ट चिन्दैन् । तर गीतको बोल भनिदिए पछि तिनै श्रोता ओ हो भन्न थाल्छन् । डा. आशबहाहुरको वंसजमै संगीत रहेको छ । उनका माता पिता दुवै गाउघरतिर हुने सागीतिक जमघटमा गीत गाउन धक मान्दैन थिए । त्यसैको सिको गर्दै उनी पनि गायनमा रमाउन थाले । अझ आमा त ठाडो भाका गाउन भने पछि हुरुर्कै हुने गर्थिन् । कालान्तरमा आमा ठाडोभाका गाउने कहलिएकी गायिका नै बनेर गण्डक क्षेत्रमा प्रसिद्ध बनिन । यसैको प्रभाब उनको नशा नशामा पर्यो । त्यसैले सानैदेखि गीत संगीत भने पछि हुरुक्क हुन थाले ।
बिद्यार्थी जीवनमा पनि संगीतसंग निकट रहे । तर कहिल्यै आफुलाई गायक बनाउन चर्चित बनाउन लागेनन् । आमाको गायनकला बाट उनी अति प्रभावित थिए । गाउघर तिर मेलापात तिर धेरै पटक आमाको गायन देखेका उनले चाहेर पनि त्यतिखेर ति गीत रेडियोमा ल्याउन सक्ने क्षमता थिएन । मनमनै सोच्थे -‘ कुनै दिन यि गीत रेडियोमा पुराएरै छाड्छु।’ त्यहि किशोरकालमा सोचेको सपना पुरा गराउने झमर्को गर्दा उनी आफै पनि गायक संगीतकार संकलक रचनाकार बन्न पुगे । आमाको पनि गीत रेकर्ड गराउन सफल भए । आमा धनमाया तामांग पनि ठाडो भाका दाईगीत रेकर्ड गराउने पहिलो गायिका बन्न पुगिन । तर यो काम रेकर्ड नै राख्ने भनेर गरिंएको थिएन ।
उमेरमै धनमायाले आफ्नो गीत रेकर्ड गर्न नपाएता पनि काठमाडौमै बस्ने मेलोमेसो मिलेपछि आशबहादुरले आमालाई गीत गाउन अझ प्रोत्साहित गरिरहे । आमाको गला र कला राम्ररी बुझेका उनले आमाको प्रौढ स्वरमा नै भए पनि १० वटा डेट लोकगीतहरु समेटेर एउटा एल्बम नै निकालीदिए । ति ठेट गीतहरु लोकगीतपारखी माझ अत्यन्त लोकप्रिय रहे । सम्मान स्वरुप २०५८ सालको मधुरिमा फुलकुमारी महतो सम्मान गायिका धनमायालाई प्रदान गरियो । यो पनि आशबहादुरको गीतिकारितामा थप प्रेरणादायी घटना बन्न पुग्यो ।
यस पश्चात धनमाया पनि राष्ट्रिय चर्चामा आईन । सबैले ठाडो भाकाकी गायिकाको रुपमा चिने ।आमालाई यसरी परिचित गराउन छोरा आशबहादुरको पनि ठुलो हात रहेको कुरा सबैले स्पस्ट अनुभुत गरे । आमालाई संगीतमा डोराउने क्रममा आशबहादुर आफै पनि संगीतसंग यति निकट पुगे की अब यो यिनको नशा बन्न पुग्यो । पेशाले सैनिक सेवामा आवद्ध यिनी अव व्यारेकमा हुने रमाईला संगीतिक जमघटमा पहिलेभन्दा बढि रमाउन थाले । नाच्न गाउन बजाउन अग्रसर हुन थाले । लोक बाजा र संस्कृतिको राम्रो ज्ञान यिनमा छ । अझ समान्य रुखको पातलाई पनि बाद्य सामाग्री बनाएर बजाउने अदभुत कला यिनमा छ ।खैजडी मादल पनि एकदम राम्रो बजाउछन् । यो देखेपछि जो कोहि पनि यिनको तारिफ नगरु रहन सक्दैन ।
रहर भएको बेला गायक बन्न सकिने अवस्था थिएन । क्षमता भए पछि पनि त्यो संभव नभए पनि आश बहादुर गीति संकलन र रचनामा संक्रिय भए । थुप्रै ठेट लोकगीत संकलन र पाँच दर्जन भन्दा बढि आधुनिक गीतहरु लेखन तथा रेर्कड गरिसकेका उनका गीतहरु वरिष्ठ गायक गायिकाहरुले गाईसकेका छन् । बिभिन्न कलेक्सन एव्बम र केहि एकल एल्बममा उनका गीत आईसकेका छन् ।
सैनिक सेवा भनेको राष्ट्रको सेवा गर्ने माध्यम पनि हो । सैनिक सेवामा नै आबद्ध हुने अवसर पाएकाले पनि यिनले देश र भुगोल चिन्ने अवसर पाए । फलस्वरूप यिनी सच्चा देशभक्त बने । मनबाट नै देशको सेवामा समर्पित बन्नु पर्छ भन्ने भाबना आउन थालेपछि यिनको भाबना नै देशप्रति समर्पित बन्न थाल्यो । फलस्वरूप राष्ट्र राष्ट्रियता, माटो सम्बन्धी गीत यिनको दिमागबाट फुर्न थाल्यो । देशमा जस्तो जस्तो बिपत्ति आउछ यिनको मन त्यसैमा विह्वल भन्दै पोखिन थाल्यो ।भुकम्पले देश आहत बनेका बेला जन्मियो स्वरुपराजको स्वरमा ‘हाम्रो साहस’ गीत । आर्को गीत त कालजयी नै बन्यो २०७२ सालको भुकम्पको समयमा यिनको मनबाट उब्जियो मर्मशिल शब्दअनि गाए रामकृष्ण ढकालले ।
‘जानेले त छाडी गयो बच्नेले बाच्नै पर्यो अजम्बरी को छ यहॉ संसारकै रित मान्नै पर्यो’
अत्यन्त पिडात्मक यो गीत सुन्दा जो कोहिको गला अबरुद्ध हुन्छ । आशु झर्छ आखाबाट । यस्ता मर्मशिल गीत यिनका धेरै छन् । उनका गीतमा बनावटी आशु पाईदैन । समाजको पिडा कथात्मक बनेर आएका हुन्छन् । यिनका गीतले रुवाउने क्षमता मात्र राख्दैन । झमझमी नचाउने क्षमता पनि यिनमा छ । दर्जनौ लोकगीत यिनका यस्तै छन् । यिनका गीतले माटो र भुगोल पनि चिनाउछन् । सिपाहीको विरता र वेदना पनि बोल्छन् ।
म सिपाहीको पनि तिम्रो जस्तै मन छ रातै रगत बग्ने कहिल्यै नथाक्ने तन छ
सधै नेपाल र नेपालीको कर्मठ सेवक बन्छ म सिपाही हु मेरो देशको
राष्ट्रिय गीतमा यिनको दख्खल पहिलेदेखि नै हो । २०५४ सालमै सिमा समस्या देखिए पछि ‘हे वीर जाती’ बोलको गीत लेखेर यिनी गीतिकारितामा देखापरेका थिए । सिमा समस्याले अन्य नेपालीको जस्तै मन यिनको पनि दुखेको थियो त्यतिखेर । गर्न सकिने अवस्था केहि नभए पनि भावना पोख्ने काम गरेर चित्त बुझाएका थिए । जस्ले गर्दा समाजमा जगरुकता देखिएको थियो ।
यस्तै भाबनाले ओतप्रोत भएका सिपाहीको दायित्व र कर्म चिनाउने दर्जनभन्दा बढि गीत यिनले लेखेका छन् । राष्ट्रियत झल्काउने गीत माटो चिनाउने गीतमा अझ यिनी ज्युमा काडा नै उमार्ने क्षमता राख्छन् । जागरण र समाजमा सकारात्मक सन्देश दिन उनका गीत संक्षम छन् ।अहिले विश्व नै गम्भिर समस्यामा छ। सारा संसार रोईरहेको छ । मानिस आत्तिरहेका छन् । कोराना भाईरसको त्रासले सबै छटपट्टाई रहेका छन् । आशबाहादुरको गीति मन पनि ब्ह्वल छ । त्यहि छटपटीमा उनले यस्तो पिडा पोखेका छन् ।
प्रकृतिलाई हेपेर होईन, च्यापेर सृष्टि पालौं
हाम्रो एउटै डुङ्गाको, पिंध मिलेर टालौं ।
साझा शत्रु कोरोना भाईरस, नाम जे भएपनि
मन बलियो बनाई लडौं, जो जहां रहेपनि ।
माहामारीमा याद आयो, संजिवनीको मेरो देश
बांचौ र बचाउँ है, यहीछ सब्लाई सन्देश ।
प्रकृतिलाई हेपेर होईन, च्यापेर सृष्टि पालौं,
हाम्रो एउटै डुङ्गाको, पिंध मिलेर टालौं ।
तछाड् मछाड् धपेटी गर्दै, कसलाई जित्नु छ र रु
कति दुषित बनाउँनु ओ, भाबी सन्ततीको घर ।
यस्ले सवलाई गांझ्न सक्छ, हामी सचेत बनौं
हात धोउँ सुरक्षित भई, नियम पालना गरौं ।
प्रकृतिलाई हेपेर होईन, च्यापेर सृष्टि पालौं,।
हाम्रो एउटै डुङ्गाको, पिंध मिलेर टालौं ।।
गीतकार आशबहादुरले लेखेका गीतहरु बेला बेलामा पुरस्कृत भंएका छन् । आफ्नो आमाको नाममा बनाएको डकुमेन्ट्री फ़िल्म लोकगीतकी पर्याय धनमाया तामांग ले इन्टरनेशनल लोकसंगीत चलचित्र अवार्ड २०६७ मा पाएको थियो । त्यस्तै २०७२ सालमा उत्कृष्ट भुकम्प गीत अवार्ड पनि ‘ हाम्रो साहस ‘ बोलको गीतले पाएको थियो । हामी एक हौ बोलको गीतले २०७६ सालमा उत्कृष्ट राष्ट्रिय गीतको अवार्ड पाएको थियो । थोरै पुरस्कार र अवार्ड पाए पनि उनी प्रफुल्ल र ख़ुशी छन् । पुरस्कारको लागि दौडधुप गर्ने रुची उनमा छैन । जे जति पाए स्वतस्फुर्त पाए । उनी मानबिय मनका र संधै राष्ट्रियतालाई केन्द्रबिन्दु बनाएर गीतिकारिता गर्दै आएका सरल गीतकार हुन् । हरेक कुरा उनका सरल र सरस छन् । उनको यों गुण अनुकरणीय छ ।